नेपाल बैंकको २०५ औं शाखा दैलेखमा सञ्चालनमा

काठमाडौं, ५ चैत । नेपाल बैंक लिमिटेडले २०५ औं शाखा दैलेखको नारायण नगरपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष मधुकुमार मडासिनी र नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले संयुक्तरुपमा नयाँ शाखाको उद्घाटन गरेका छन् ।

कर्णालीमा बैंकको यो १२औं शाखा हो । बैंकले कर्णाली प्रदेशका दश जिल्लामध्ये ७ जिल्लामा आफ्नो सेवा विस्तार गरिसकेको छ ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले प्रदेशका हुम्ला, मुगु र कालिकोट जिल्लामा छिट्टै सेवा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिए ।

उनले ग्रामिण अर्थतन्त्रलाई उकास्न बैंकले ६ दशमलव ९९ प्रतिशत व्याजदरमा साना तथा मझौंला उद्यमी तथा व्यवसायीहरुका लागि आकर्षक प्याकेज अघि सारेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here