सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ, ६ चैत । शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ ।

बिहीबार प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ५०० रुपैयाँ घट्दै प्रतितोला ८६ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज तेजावी सुनको कारोबार मूल्य प्रतितोला ८६ हजार २५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी शुक्रबार चाँदीको भाउ प्रतितोला १५ रुपैयाँ घट्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२७५ रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here