सुरुवाती मूल्य ७ लाख ५० हजार भएको ‘जावा– पेराक’, के के छ विशेषता ?

काठमाडौं । अग्नि मोटो इंक प्रालिले आजबाट जावा मोटरसाइकलका सबै शोरूमहरूमा बीएस–सिक्स इन्जिनयुक्त जावा पेराक सार्वजनिक गरेको छ ।

पहिलो फ्याक्ट्री निर्मित बब्बर पेराक टेस्ट राइडको लागि काठमाडौं, बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल र भैरहवा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।

यस्तो छ विशेषता

जावा पेराक बीएस–सिक्स ३३४ सीसी, सिंगल सिलिन्डर, लिक्विड–कुल्ड डीओएचसी इन्जिनसहित आएको छ, जुन ३० एचपी पावर र ३२ एनएम टर्क उत्पन्न गर्न सक्षम छ । यो जावा र जावा फोर्टी–टु मोटरका तुलनामा ठूलो बोरका कारणले यो अधिक शक्तिशाली देखिने कम्पनीको दाबी छ । यो इन्जिन सिक्स स्पिड ट्रान्समिसनसँग जोडिएको छ ।

जावा पेराकमा फ्लोटिङ सिंगल सीट छ, जसको मुनि गोलो ब्रेकलाइट छ । यसबाहेक, पेराकमा बार–एन्ड मिरर, काटिएको फेन्र्डर्स र काटिएको निकासा पाइप (चप्ड फेन्र्डर्स र चप्ड पाइप) तथा र त्रिकोणीय उपकरण बक्स समावेश गरिएको छ ।

पेराकको अगाडिपट्टि सस्पेन्सनका लागि टेलिस्कोपिक फ्रन्ट फोक्र्स रहेको छ भने पछाडि मोनोशक सस्पेन्सन छ । दुवै पाङ्ग्राहरूमा सिंगल डिस्क ब्रेक रहेको छ । जावा पेराकमा डुअल च्यानल एबीएस पनि पाइन्छ ।

जावा पेराकको सुरुवाती मूल्य रु ७,५०,००० रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here