लेभनीङका इ-स्कुटर बजारमा, मूल्य १ लाख ८५ हजारदेखि ३ लाख रुपैयाँसम्म

काठमाडौं ८ चैत । लेभनीङ ब्राण्डको चार मोडलका इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ ।

लेभनीङको एक्सवान, एसफाइभ, डीओसीक्स र एम ट्वेन्टी मोडलमा इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको हो ।

नेपालका लागि आधिकारीक विक्रेता जम्बो ईको भेहिकलका अनुसार यी स्कुटरमा पावर पर्फमेन्स फिचर्स र मूल्य अन्य प्रतिस्पर्धी व्राण्डको तुलनामा उत्कृष्ट छन् ।

जसमध्ये एक्सवन मोडल २०२० र एसफाइभमा ३ हजार वाटको बोस्क मोटर जडान गरिएको छ । त्यस्तै जम्बो व्राण्डको डीजेरो सिक्स र एमट्वेन्टी मा क्रमश २ हजार र १ हजार ५ सय वाटका मोटर जडान गरिएको छ ।

कम्पनीले एक्सवान स्कुटरको २ लाख ६० हजार रुपैयाँ मूल्य तोकेको छ । त्यस्तै एस फाइभको २ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ, डीओसिक्सको २ लाख ३५ हजार र एमट्न्टीको १ लाख ८५ हजार रुपैयाँ मूल्य तोकिएको कम्पनीका सञ्चालक नारायण गौतमले जानकारी दिए । उनका अनुसार ग्राहकले थप ६० हजार रुपैयाँ तिरेर डबल व्याट्रि लिन सक्छन् ।

यी स्कुटरमा एलइडी हेडलाइट, रियर तथा फ्रन्ट डेस्क व्रेक, आइपीसिक्सफाइभ वाटरप्रुफीङ, ब्लुटुथ, किलेस इन्ट्री, सर्च मोड, सेन्सर कन्ट्रोल्ड सिस्टम, फेलियर इन्डिकेशन सिस्टमलगायत विशेषता छन् ।

कम्पनीले शुरुवाती चरणमा काठमाडौं, हेटौडा, चितवन र बुटवलमा शाखा विस्तार गरेको छ । साथै देशभर नेटवर्क विस्तारको तयारी गरेको जानकारी दिएको छ । कम्पनीले विक्री पछीको सेवाका लागि ‘स्मार्ट होम सेवा’ एप्लिकेशनबाट आफ्ना ग्राहकलाई १ घण्टा भित्र सेवा दिने तयारी थालेको छ ।

न्यून गुणस्तरका इलेक्ट्रिक स्कुटर आयात भइरहेको बेलामा यी स्कुटरले ग्राहकहरुलाई इलेक्ट्रिक स्कुटरतिर आकर्षित गर्ने विश्वास कम्पनीका निर्देशक राजन पोखरेलको छ । उनका अनुसार चीनमा ३५/४० ओटा फ्याक्ट्री भिजिट पश्चात यो व्राण्ड छनौट गरेको हो । यी स्कुटर खासगरी नेपालको बाटो सुहाँउदो रहेको उनको दाबी छ ।

कार्यक्रममा नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले अवको भविष्य विद्युतिय साधनतिर रहेको बताए ।

सो अवसरमा उनले अव स्वदेशमा इलेक्ट्रोनिक स्कुटर एसेम्बिलङ उद्योग स्थापना गर्नु आवश्यक रहेको बताए । साथै सबै नेपालीलाई सवारी चढ्ने बनाउका लागी सरकारसँग १० प्रतिशत डाउनपेमेन्टमा माग गरेको जानकारी दिए ।

‘बाटो राम्रो बनाउने त सरकारको काम हो, उनले भने, ‘सरकाले बाटो राम्रो बनाएर व्यवसायीको माग पुरा गर्नुपर्छ ।’ उनका अनुसार अटो मोबाइल क्षेत्रले हाल २० लाख भन्दा बढीलाई रोजगारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here