यी हुन् लगानीकर्ताको रोजाइमा परेका ५ कम्पनी, ‘निफ्रा’ को कारोबार कति ?

काठमाडौं, ८ चैत । साताको पहिलोदिन लगानीकर्ताको रोजाइमा नेपाल बंगलादेश बैक परेको छ ।

कारोबार शुरु भएदेखि नै लघुवित्तको शेयर लगानीकर्ता झुम्मिएपनि बंगलादेश बैक सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा परेको हो ।

त्यसदिन बंगलदेश बैकको ३९ करोड ९० लाख २२ हजार ६ रुपैयाँ बराबरको ११ हजार ५२कित्ता ३७२ शेयर खरिद–बिक्री भएको छ ।

३४९ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ६ रुपैयाँ बढ्दै ३५५ रुपैयाँमा कारोबार बन्द भएको छ ।

त्यसदिन नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबारको आधारमा दोस्रो नम्बरमा परेको छ । नेपाल लाइफको ३१ करोड २० लाख ९४ हजार ९८ रुपैयाँ बराबरको १ लाख ४३ हजार ५९ कित्ता शेयर किनबेच भएको छ ।

निफ्राको शेयर कारोबारको आधारमा तेस्रो नम्बरमा परेको छ । निफ्राको २१ करोड १८ लाख ३८ हजार ७४८ रुपैयाँ बराबरको ४ लाख १ हजार २१५ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

५२५ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य ३ रुपैयाँ बढ्दै ५२८ रुपैयाँमा कारोबार बन्द भएको छ ।

लगानीकर्ताको रोजाइको चौथो नम्बरमा तामाकोशीको परेको छ । तामाकोशीको २१ करोड १८ लाख ३८ हजार ७४८ रुपैयाँ बराबरको ४ लाख १ हजार २१५ कित्ता शेयर किनबेच भएको छ ।

६३८ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य २२ रुपैयाँ बढ्दै ६६० रुपैयाँमा कारोबार बन्द भएको छ ।

कारोबार आधारमा लगानीकर्ताको रोजाइको पाँचौं नम्बरमा नबिल बैकको शेयर परेको छ । त्यसदिन नबिलको १३ करोड ९० लाख २९ हजार ६४५ रुपैयाँ बराबरको १ लाख १० हजार १०७ कित्ता शेयर खरिद–बिक्री भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here