बढ्दो बजारमा धेरै गुमाउने ग्रीनलाइफका शेयरधनी, कति भयो कारोबार ?

काठमाडौं, ८ चैत । बजार खुले लगत्तै पोजेटिभ सर्किट लागेको ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य सर्वाधिक घट्ने पहिलो नम्बरमा रहेको छ ।

आइतबार ३९ रुपैयाँ बढेर प्रतिकित्ता ४३५ पुगेको शेयर २४ रुपैयाँ घटेर ३७२ रुपैयाँमा बजार बन्द भएको छ । त्यसदिन ९ करोड ५७ लाख ३ हजार ८२८ रुपैयाँ बराबरको २ लाख ३४ हजार २२८ कित्ता कित्ता शेयर खरिद–बिक्री भएको छ ।

बढ्दो बजारमा आज ग्रीन लाइफ हाइड्रोपावरका शेयरधनीले सबैभन्दा धेरै ६.०६ प्रतिशत गुमाएका छन् ।

आज शेयर बजार मापक सूचक नेप्से ६३.३८ अंकले बढेर २५३८.४६ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार ५६९ रुपैयाँ बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर किनबेच भएका छन् ।

मंगलबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ७४२.७६ अंकले बढेको छ ।

कारोबारमा आएका २०६ कम्पनीमध्ये १५७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३८ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here