स्पेनिस ला लिगाः रियललाई उछिन्ने दाउमा बार्सिलोना

काठमाडौं, ८ चैत । स्पेनिस ला लिगामा आज उपाधि दाबेदारको रुपमा रहेको बार्सिलोना रियल सोसिडाडसँग खेल्दैछ ।

बार्सिलोना र रियल सोसिडाड बिचको खेल नेपाली समयानुसार राति १ः४५ बजे सोसिडाडको मैदानमा हुनेछ ।

यस खेलमा बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडलाई उछिन्ने दाउमा छ । अहिलेसम्म लिगमा २७ खेल खेलको बार्सिलोना ५९ अङ्कसहित अंक तालिकाको तेस्रो स्थानमा छ । बार्सिलोनाभन्दा एक खेल बढी खेलेको रियलसँग ६० अङ्क छ । सोसिडाड भने ४५ अङ्कका साथ पाँचौँ स्थानमा छ ।

यस्तै, आजकै अर्को खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले अल्भेससँग खेल्दैछ । राति ११ः१५ बजे हुने यो खेल एथ्लेटिकोको मैदान वान्डा मेट्रोपोलिटानोमा हुनेछ । एथ्लेटिकोसँग ६३ अङ्क छ भने अल्भेस २३ अङ्कका साथ रेलिगेशन जोनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here