आठ महिनामा साढे ९ खर्बको आयात हुँदा निर्यात ८० अर्बको मात्रै

काठमाडौं, ८ चैत । चालू आर्थिक वर्षको आठ महिनामा ९ खर्ब ४३ अर्ब रुपैयाँ बराबरको सामान आयात भएको छ ।

भन्सार विभागको फागुन महिनासम्मको तथ्यांक अनुसार गएको आठ महिनामा ९ खर्ब ४३ अर्ब ९८ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो ।

अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा यो आयात २० अर्ब बढी हो । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ को फागुन महिनासम्ममा ९ खर्ब २४ अर्ब २४ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।

निर्यातमा भने यो वर्ष झण्डै साढे ६ अर्ब वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि समयमा ७४ अर्ब ४७ करोड रुपैयाँको मात्रै निर्यात भएकोमा चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ८० अर्ब ७७ करोड रुपैयाँ बराबरको समान निर्यात भएको छ ।

यो संगै गएको आठ महिनामा मात्रै नेपालको व्यापार घाटा ८ खर्ब ६३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको व्यापार घाटा ८ खर्ब ४९ अर्ब रहेको थियो ।

पेट्रोलियम पदार्थ मात्रै १ खर्ब २१ अर्बको आयात

चालु आर्थिक वर्षको फागुन महिनासम्मा मात्रै १ खर्ब २१ अर्बभन्दा धेरै मूल्यको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार आठ महिनामा १ खर्ब २१ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here