फेरि बढ्यो कोरोना त्रास:सभा,जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

काठमाडौं, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा फेरि कोरोना संक्रमणको जोखिम बढेको हुनाले भीडभाड नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गदै कोरोना त्रास बढेकाले सभा, जुलस, भेला, र्‍याली, बैठक, सेमिनार तथा जमघटमा नर्गन अनुरोध गरेको हो ।

पछिल्लो समय भारत लगायतका देशमा कोरोना संक्रमण दर बढ्न थालेपछि नेपालमा समेत संक्रमण फैलिने अवस्थालाई मध्यजनर गर्दै उक्त निर्णय गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

मन्त्रालयले हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here