३ दिनमै सिंगटी हाइड्रोको आइपीओमा मागभन्दा ५ गुणा बढी आवेदन

काठमाडौं । प्राथमिक साधरण शेयर (आइपीओ) खुलेको ३ दिनमै सिंगटी हाइड्रो इनर्जी कम्पनीमा मागभन्दा ५ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आइतबार ५ बजेसम्म सिंगटीको आइपीओमा ८ लाख ७० हजार ४०९ जनाले १ करोड ३७ लाख ९० हजार ८२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ५.११ गुणा बढी हो ।

कम्पनीले शुक्रबारदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर विक्रीमा ल्याएको हो ।

निष्किाशित कुल २९ लाख कित्ता आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा चैत १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै शेयर नबिकेमा ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here