तीन कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन

काठमाडौं, ९ चैत । तीन वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम सोमबार दिन रहेको छ । सांग्रिला डेभलपमेन्ट बैंक, महुली लघुवित्त र डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।

यी कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १० गते बुक क्लोज गर्ने निर्णय गरेकोले चैत्र ९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट घोषणा गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लघुवित्तले प्रस्तावित लाभांश पारित गर्न आगामी चैत २० गते साधरण सभा बोलाएको छ । सभा प्रयोजनका लागि लघुवित्तले चैत १० (भोलि) देखि चैत २० गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ आजसम्म शेयर किन्ने मात्र लाभांश पाउन योग्य रहन्छन् ।

लघुवित्तले गत आवको वितरण योग्य मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

त्यस्तै महुली लघुवित्तले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतल हुन आउने ३ करोड ७३ लाख २४ हजार बराबरको बोनस शेयर र १.०५ प्रतिशतले हुन आउने १९ लाख ५९ हजार ५ सय १० रुपैयाँ बराबरको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी १८ करोड ६६ लाख २० हजार रहेको छ ।

कम्पनीले चैत्र २५ गते सप्तरी स्थित आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले चैत्र २३ गते लैनचौर स्थित लैनचौर ब्यांक्वेटमा सभा आह्वान गरेको छ ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १३ करोड ३ लाख ३२ हजार २० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतले हुन आउने ६८ लाख ५९ हजार ५ सय ८० रुपैयाँ बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ। हाल बैंकको चुक्ता पूँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here