सिंगटी हाइड्रोको आइपीओमा ९ गुणा बढी आवेदन, कति जनाले भरे ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ९.१६ गुणा बढी आवेदन परेको छ ।

विक्री प्रबन्धकको रुपमा रहेको मेगा क्यापिटलका अनुसार कम्पनीको आइपीओमा १६ लाख २२ हजार ७२१ जनाले २ करोड ४७ लाख १० हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् । यद्यपि, अन्तिम तथ्यांक नआएको कारण आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले बताएको छ ।

कम्पनीको आइपीओमा परेको आवेदन हालसम्मकै दोस्रो धेरै आवेदन हो । यसअघि ज्याति लाइफ इन्स्योरेन्सको आइपीओमा हालसम्मकै धेरै १८ लाख बढीले आवेदन दिएका थिए ।

कम्पनीले शुक्रबारदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर विक्रीमा ल्याएको थियो ।

निष्किाशित कुल २९ लाख कित्ता आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लगानी कोषहरु र २६ लाख ९७ हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here