‘शेयर बजार ब्रोकरलेस हुने भन्ने कुरा झुटो हो, यसको सम्भावना छैन्’- निर्देशक गिरी

काठमाडौं, १० चैत । शेयर बजारलाई ब्रोकरलेस बनाउने भन्ने कुरा निराधार रहेको नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले बताएका छन् ।

मंगलबार नेपाल आर्थिक पत्रकार संघ नाफिजको कार्यलयमा भएको अन्तरक्रियामा बोल्दै बोर्डका निर्देशक गिरीले शेयर बजारलाई ब्रोकरलेस बनाउने भन्ने कुरा झुटो र निराधार भएको बताएका हुन् ।

‘मैले पनि पढे केही मिडियमा नेपालको शेयर बजारलाई ब्रोकरलेस बनाउने विषयमा बोर्डले छलफल गरिरहेको छ भन्ने कुरा लेखिएको रैछ, तर यो गलत हो ।’ उनले भने, ‘यसको सम्भावना नै छैन् ।’

विश्वका कुनैपनि देशमा यस्तो प्रकिया नभएको कारण शेयर बजार ब्राकरलेस नहुने निर्देशक गिरीले बताएका हुन् ।

‘अहिलेको समयसम्म विश्वका कुनैपनि देशमा यस्तो प्रक्रिया भएको छैन् ।’ उनले भने, ‘हरेक शेयर बजारमा ब्रोकर छन्, त्यसकारण यो हट्दैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here