प्रिमियम मूल्यमा रुरु जलविद्युतको आइपीओ चैत २० देखि आउँदै

काठमाडौं, ११ चैत । रुरु जलविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा प्राथमिक साधरण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधरणका लागि २० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १२० रुपैयाँ दरमा ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ जारी गर्न लागेको हो ।

निष्काशन हुने कुल सेयरमध्ये २ प्रतिशत (८,१५४ कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (२०,३८५ कित्ता) सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

स्थानीयले कम्पनीको आइपीओमा चैत २४ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म सबै आइपीओ नबिकेमा ढिलोमा वैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल ८ लाख १५ हजार ४११ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो । सोमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मीका स्थानीयका लागि यसअघि प्रतिकित्ता १०० रुपैयाँका दरले ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here