बलिउड अभिनेता आमिर खानलाई दोस्रोपटक कोरोना सङ्क्रमण

काठमाडौं । बलिउड अभिनेता आमिर खान दोस्रोपटक कोरोना संक्रमित भएका छन् । सेल्फ–क्वारेन्टाइनमा रहेका खानको स्वस्थ्य अवस्था अहिले सामान्य रहेको भारतिय सञ्चार माध्यमले बताएका छन् ।

केही समयदेखि अभिनेता खान फिल्म लालसिंह चड्डाको सुटिङमा व्यस्त थिए । एकाएक स्वास्थ्यमा समस्या देखिएपछि जाँच गराउँदा कोरोना पुष्टि भएको उनका असिस्टेन्टले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

उनले हालसालै आमिरसँग सम्पर्कमा आएका सबैलाई सावधान रहन आग्रह गरेका छन् । आमिरलाई यो दोस्रोपटक कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here