सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगरे कारवाही

काठमाडौं, ११ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क प्रयोग नगर्नेलाई कारबाही गर्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको बुधबार विज्ञप्ति जारी गर्दै मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने जनाएको हो ।

कोरोना संक्रमणको जोखिम उच्च भएर संक्रमणको दर बढ्दै गएकाले जिल्ला प्रशासन कार्यालयले यो निर्णय गरेको हो ।

कार्यलयले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै छिमेकी मुलुक भारतमासमेत कोरोना क्रमण बढ्दै गएकोले त्यसको प्रभाव काठमाडौँ उपत्यकामा पनि पर्ने उल्लेख गरेको छ ।

जोखिमलाई न्यूनिकरण गर्न सार्वजनिक स्थलमा भिडभाड नगर्न, होली घरमै मनाउन, सार्वजजिक स्थानमा मास्क, स्यानिटाजर र सामाजिक/भौतिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here