उपत्यका बाहिर कहाँ-कहाँ खुल्दैछ ब्रोकर कम्पनीको शाखा ?

काठमाडौं, १२ चैत । धितोपत्र दलाल व्यवसायी (ब्रोकर कम्पन) ले उपत्यका बाहिरका शहरमा शाखा खोल्न पाउने भएका छन् । धितोपत्र बोर्डले ४ वटा ब्रोकर कम्पनीलाई ५ स्थानमा शाखा खोल्नको लागि स्वीकृति दिएसँगै उनीहरुले शाखा खोल्न पाउने भएका हुन् ।

स्रोतको अनुसार शाखा खोल्नको लागि स्वीकृति पाउनेमा ३४ नम्बर ब्रोकर भिजन सेक्युरिटी, ३६ नम्बर ब्रोकर सेक्युर्ड सेक्युरिटिज, ब्रोकर नम्बर ५७ आर्यतारा र थप एउटा ब्रोकर रहेको छ ।

यीमध्ये १ ब्रोकरले २ स्थानमा र ४ ब्रोकरले १ स्थानमा शाखा संचालनको लागि स्वीकृति पाएका हुन् । धितोपत्र बोर्डले नवलपरासीको कावासोती, म्याग्दीको वेनी, तनहुको दमौली, झापाको दमक, र चितवनको टाँडीमा शाखा स्थापनाको स्वीकृति दिएको हो ।

अनुमतिसँगै धितोपत्र बोर्डले शाखाको लागि मापदण्ड समेत परिवर्तन गरेको छ । शेयर कारोबारका लागि कम्पनी खोल्न पहिला न्यूनतम १ हजार स्क्वायरफिट क्षेत्रफल जग्गा चाहिनेमा अहिले ५ सय स्क्वायरफिटमात्र भए पुग्ने गरि मापदण्ड बनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here