विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १२ चैत । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ८० पैसा र बिक्रीदर ११६ रुपैयाँ ४० पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ १८ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ २७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ २५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५९ रुपैयाँ ८४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ७१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here