सर्वाधिक कारोबार गर्ने अग्रस्थानमा ‘निफ्रा’, दुईघण्टामा कति भयो किनबेच ?

काठमाडौं, १२ चैत । साताको कारोबार हुने अन्तिमदिन लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ ।

बजार खुलत्तै लगानीकर्ताको पहिलो नम्बरमा परेको निफ्राको शेयरले विहिबार सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानलाई निरन्तरता दिइरहेको छ ।

यो समाचार तयार पर्दा १:१५ बजे सम्ममा ५५ करोड ७३ लाख ५ हजारको ९० रुपैयाँको निफ्रा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीको रुपमा रहेको छ ।

कम्पनीको ९ लाख ९ हजार २ सय ८५ कित्ता शेयर किनबेच भैसकेको छ । ५८१ रुपैयाँमा कारोबार खुलेको उक्त कम्पनीको शेयर मूल्य २८ रुपैयाँ बढ्दै ६०९ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here