पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा

काठमाडौं, १२ चैत । सरकारले नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले देश ‘पशुपन्छीमा आत्मनिर्भर’ भएको घोषणा गर्ने भएका हुन् ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्ड अनुसार धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरिएको हो ।

घोषणा गर्ने सुखद भए पनि वास्तविकता भने अर्कै रहेको छ । दाना, मासु, दूध लगायत वस्तु आयात गर्नुपर्ने अवस्था छ । हाल यी वस्तुमा करिब ९० प्रतिशतभन्दा बढी आत्मनिर्भर रहे पनि पूर्णआत्मनिर्भर हुन सकेको छैन ।

प्रत्येक नेपालीलाई प्रतिवर्ष आवश्यक पर्ने ४८ वटा अण्डामध्ये नेपालको उत्पादन प्रतिव्यक्ति ५५ वटा पुगेको छ । मासु प्रतिव्यक्ति प्रतिवर्ष १४ किलो आवश्यक पर्नेमा नेपालको उत्पादन १८ किलोसम्म रहेको सरकारी तथ्यांकको दाबी छ ।

सरकारको घोषणप्रति कृषक तथा अधिकारकर्मीहरुले भने असन्तुष्ट नै जनाएका छन् । पशुजन्यवस्तु आयात गरिरहेकै अवस्थामा सरकारले आत्मनिर्भर घोषणा गर्नु आधारबिनै काम गरेको देखाएर खोजेको सरोकारवालाहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here