थ्री नेसन्स कप : आज नेपाल र किर्गिस्तान भिड्दै

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा आज नेपाल र किर्गिस्तानको यू-२३ टिम प्रतिस्पर्धा गर्दैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग खेल्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल साँझ ५स्३० बजे सुरु हुनेछ ।

नेपाल आज किर्गिस्तानलाई हराउने लक्ष्यसहित मैदान उत्रने छ । नेपाल किर्गिस्तानलाई हराएर फाइनल पुग्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।

यता किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ ।

मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो । नेपाल र बंगलादेश बीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

यस्तो छ नेपाली टिम :

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की

डिफेन्डर : रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, बिराज महर्जन, छिरिङ गुरुङ

मिडफिल्डर : त्रिदेभ गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई,सुनिल बल, रबि शंकर पासवान

फरवार्ड : अन्जन विष्ट, दर्शन गुरुङ, अविशेक रिजाल, भरत खवास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here