ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव गाडिएको अवस्थामा फेला

काठमाडौं १२ चैत । ओछ्यानबाटै बेपत्ता मुसाफिर झा र उनकी पत्नी गीतादेवी मृत अवस्थामा फेला परेका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका–५ का झा दम्पतीको शव महोत्तरीको त्रिपुरा गाउँपालिका–२ मा शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गत फागुन १० गते राति घरमा सुतिरहेकै अवस्थामा ओछ्यानसहित सरकारी जागिरबाट अवकास प्राप्त ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी झा बेपत्ता भएका थिए।महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ सहोडवाबाट झा दम्पती बेपत्ता भएका थिए।

यसअघि दम्पतीको अपहरण गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पिपरा गाउँपालिका–५ सहोडवा बस्ने ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here