शेयर बजार राताम्मै, नेप्से २१ अंकले घट्दा ३ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं, १२ चैत । साताको अन्तिम कारोबार दिन आज शेयर बजार राताम्मै बनेको छ । आज नेप्से परिसूचक २१.२९ अंकले घटेर २५४८.९७ अंकमा झरेको छ ।

बिहीबार राम्रा र बलिया कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । आज इन्डेक्स ५.६४ अंकले घटेर ४५०.६१ अंकमा झर्यो ।

आज होटल एण्ड टुरिजम र ट्रेडिङ बोहेक अन्य सबै समुहको सूचक घट्यो । होटल एण्ड टुरिजमको सूचक ४.४५ प्रतिशत बढ्यो भने ट्रेडिङको ३.९४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै जलविद्युत समुहको सूचक घट्यो । जलविद्युतको सूचक १.८९ प्रतिशत घट्यो । त्यस्तै, अन्य समुहको १.८८ प्रतिशत घट्यो ।

शेयर बजार राताम्मै भएपनि आज कारोबार रकममा भने कुनै प्रभाव परेन । बिहीबार २०८ कम्पनीको १ करोड २३ लाख ७६ हजार ७ सय ७७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ४० करोड ३३ लाख ५७ हजार रुपैयाँ बरारबरको कारोबार भयो ।

बिहीबार ३ कम्पनीका शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । पोजेटिभ सर्किट लाग्नेमा चन्द्रागिरी हिल्स, सर्पोट लघुवित्त र ओमी लघुवित्त रहेको छ । चन्द्रागिरीको शेयर मूल्य १० प्रतिशत बढ्यो भने सर्पोटको ९.९७ प्रतिशत र ओमीको ९.९४ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै नेपाल बंगलादेश बैकका शेयर धनीले गुमाए । बैंकको शेयर मूल्य ६.१४ प्रतिशत घट्यो । त्यस्तै, एनआइबीए प्रगती फण्डको ५.५० प्रतिशत घट्यो ।

बिहीबार सबैभन्दा धेरै कारोबार नेपाल इन्फास्ट्रक्चर बैंकले गर्यो । बैंकले ८९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here