ज्योति लाइफको आइपीओ शुक्रबार दिउँसो बाँडफाँड हुने, १२ लाख बढीको हात खाली

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण शेयर (आइपीओ) भोलि (शुक्रबार) दिउँसो १२ः३० बजे बाँडफाँट हुने भएको छ ।

शेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो १२ः३० बजे इन्स्योरेन्सको कर्पोरेट कार्यालयमा आइपीओ बाँडफाँट हुने भएको हो ।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

जसमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए । आवेदक मध्ये जम्मा ५ लाख ९४ हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले सेयर पाउनेछन् भने १२ लाख बढीको हात रित्तो हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here