बिहीबार लगानीकर्ताको रोजाइमा ‘निफ्रा’, कति भयो कारोबार ?

काठमाडौं, १२ चैत । साताको कारोबार हुने अन्तिम दिन लगानीकर्ताको रोजाइमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक ‘निफ्रा’को शेयर परेको छ ।

बजार खुले लगत्तै लगानीकर्ताको पहिलो नम्बरमा परेको निफ्राको शेयरले कारोबार बन्द हुदाँसम्म विहिबार सर्वाधिक कारोबार गर्ने सूचीको अग्रस्थानमा रह्यो ।

बिहीबार निफ्राको शेयर मूल्य २७ रुपैयाँ बढेर प्रतिकित्ता ६०८ रुपैयाँ पुगेको छ ।

आज निफ्राको १४ लाख ८८ हजार ९० कित्ता शेयर किनबेच हुँदा ९१ करोड ८ लाख ८० हजार ७१९ रुपैयाँको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here