नेपाल कीर्गिस्तानसँग बराबरीमा रोकियो

काठमाडौं, १२ चैत । नेपालले १० खेलाडीमा सीमित कीर्गिस्तान–२३ टीमसँग गोलरहित बराबरी रोकिएको छ । दशरथ रङ्गशालामा भएको खेलमा नेपालले कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो ।

तासिएब कामोलिदिनले ६७ औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गरेपछि कीर्गिस्तान दश खेलाडीमा सीमित भएको थियो तर नेपालले त्यसको फाइदा उठाउन सकेन।

नेपाललाई फाइनलमा स्थान बनाउन शनिबार बंगलादेशविरुद्धको दोस्रो खेल कम्तीमा बराबरी गर्नुपर्नेछ। बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १-० ले पराजित गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here