बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार बाहेक कुन महिनामा कति दिन बिदा ?

काठमाडौं, १३ चैत । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीका लागि नयाँ वर्ष २०७८ मा दिइने बिदाको सूची सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको सूचना अनुसार शनिवार बाहेक ३५ दिन बिदा पाइने व्यवस्था गरिएको छ।

बैंकले सार्वजनिक गरेको सूची अनुसार नयाँ वर्ष, मजदूर दिवस, बुद्ध जयन्ति, जनैपूर्णिमा, संविधान दिवस, दशैं, तिहार लगायत विभिन्न चाडपर्व र दिवसका दिन बैंक बन्द हुने छन् ।

राष्ट्र बैंकले विभिन्न जात र धर्म संस्कृति मान्ने जातजातिहरुको पर्वमा पनि बिदा दिएको छ । यसैगरी सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थानविशेषका लागि सार्वजनिक बिदाहरुअन्तर्गत चैत १२ गते किराँत राई, याक्खा, सुनुवार, लिम्बू जातिको उभौली पर्व, चण्डी पूर्णिमा (वैशाख पूर्णिमा) मा बिदा दिइएको छ ।

गौरा पर्व (भदौ १४) मा पनि बिदा दिइएको छ। इल उल फित्र र इद उल अजहामा बिदा दिइए पनि मिति तोकिएको छैन । धान्य पूर्णिमा (पुस ४०)क्रिसमस डे (पुस १० गते), तमू ल्होसार (पुस १५), सोनम ल्होसार (माघ १९), ग्याल्पो ल्होसार (फागुन १९) र सिरुवा पावनी (मिति तोक्न बाँकी) मा बिदा दिइएको छ । राष्ट्र बैंकले बैंकहरु शनिबार पूर्ण बिदा र शुक्रबार आधा दिन बिदा दिएको छ ।

यसैगरी केन्द्रीय बैंकले वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म तोकेको छ।

यो बेला बैंकिङ समय भने बिहान १० बजदेखि अपराह्न ४ बजेसम्म हुनेछ । प्रत्येक शुक्रबार भने बिहान १० बजदेखि दिउँसो १ः३० सम्म कार्यालय र बैंकिङ समय तोकिएको छ ।

त्यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र बैंकिङ समय बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुने भनिएको छ । प्रत्येक शुक्रबार भने बिहान १० बजदेखि दिउँसो १२ः३० सम्म कार्यालय र बैंकिङ समय तोकिएको छ ।

यस्तै, राष्ट्र बैंकका अनुसार वैशाखदेखि कात्तिक १५ र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि अपराहन्न ५ बजेसम्म बैंकहरु खुल्ने भएका छन । यस्तै कात्तिक १६ देखि माघ १५ सम्म विहान १० देखि अपराह्न ४ बजेसम्म बैंक खुला हुने जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here