ज्योति लाइफको आइपीओ बाँडफाँड, यस्तो छ नतिजा हेर्ने सजिलो तरिका

काठमाडौं, १३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपीओ बाँडफाँड भएको हो ।

कम्पनीले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म निष्कासन गरेको आइपीओमा मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको छ ।

कम्पनीको आइपीओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात परेका छन् । जसमा कुल १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका थिए ।

आवेदक मध्ये जम्मा ५ लाख ९४ हजार जनाले मात्र गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । भने १२ लाख बढीको हात रित्तो भएको छ ।

यसरी हेर्नुहोस् नतिजा

आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

नतिजा सम्बन्धित कम्पनी ज्योति लाइफको वेबसाइट, बिक्री प्रबन्धक एनएमबी क्यापिटल र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट पनि हेर्न पाइनेछ ।

भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्न बताइएको छ । यद्यपी रिजल्ट हेर्न मिल्ने गरी उपलब्ध गराइएका वेवसाइटहरु नतिजा अगाडि नै खुल्न समस्या देखिन थालिसकेकाले लगानीकर्ताले नतिजाका लागि भने सअज रुपमा हेर्न पाउने अवस्था देखिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here