सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १३ चैत । शुक्रबार छापावाल सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेर प्रतिकित्ता ८६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बिहीबार छापावाला सुन तोलाको ८६ हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८५ हजार ८५० रहेको छ ।

त्यसैगरी, शुक्रबार चाँदी मूल्यमा भने कुनै परिवर्तन भएन् । आज चाँदी प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here