उपत्यकाका सार्वजनिक स्थलमा होली खेल्न निषेध

काठमाडौं, १३ चैत । उपत्यकाका तीनवटै जिल्लाका सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको छ ।

कोरोना भाइरस महामारीको जोखिम बढेकाले भीडभाड गरी सार्वजनिक स्थानमा होली खेल्न निषेध गरिएको महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले जनाएको छ ।

सडक, चोक तथा सार्वजनिक स्थानमा भीडभाड हुने गरि होली नमनाउने, पानी नछ्याप्ने, लोला नहान्ने र जबरजस्ती रङ अबिर नदल्ने लगायतका कुरामा सर्वसाधारणको ध्यानाकर्षण गराउन माइकिङ समेत गरिने कार्यालयले जनाएको छ ।

यसअघि तीनवटै जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण बढ्दै गएकाले भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई घरपरिवारबीच मात्र होली मनाउन अपिल गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here