शेरधन राईले गरे मन्त्रिपरिषद् विस्तार, माओवादी छाडेकालाई अर्थमन्त्री उपहार !

फाइलफोटो

काठमाडौं, १३ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री राईले चार जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गरेका हुन् । सबैको सपथग्रहण प्रदेश प्रमुखले आजै गराउँदै छन् ।

सामाजिक विकास मन्त्रालयको जिम्मेवारी उषाकला राईलाई दिइएको छ । राई एमाले नेता शेरबहादुर तामाङकी पत्नी हुन् । प्रदेशसभामा खोटाङबाट प्रतिनिधित्व गर्ने राईलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

त्यस्तै अर्थमन्त्रीमा माओवादीबाट एमाले प्रवेश गरेका टंक आङबोहाङ, भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङ, कृषिमन्त्री राम राना रहेका छन् ।

यसअघि आर्थिक मामिला तया योजना मन्त्रालयको जिम्मेवारीमा नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बो थिए ।

कृषि राज्यमन्त्रीमा कला घले र वन राज्यमन्त्रीमा राजकुमार ओझा नियुक्त भएका छन् । उनीहरुलाई आज दिउँसो १ बजे सपथ ग्रहण गराउने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here