ज्योति लाइफको आइपीओ भर्ने ६७ प्रतिशतको हात रित्तो

काठमाडौं, १३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपीओ बाँडफाँड भएको हो ।

भाग्यमानी ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको छ ।

विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए भने ४१ हजार ७०३ जनाको आवेदन रद्द भएको थियो ।

आवेदन रद्द भएकासहित ६७.७६ प्रतिशतले कम्पनीको शेयर पाएनन् भने जम्मा ३२.२४ प्रतिशतले मात्र सेयर हात पारे । अर्थात् ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here