खरबुजा खानुका अनेक फाइदा, रक्तचाप नियन्त्रणदेखि तेजिलो आँखासम्म

काठमाडौं । खरबुजा पानीको मात्रा अत्यधिक भएको फल हो । त्यसैले गर्मीमा यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन भने शरीर विशेषगरी पेटलाई चिसो बनाइराख्छ । खरबुजा खानु विभिन्न रोगका लागि फाइदाजनक पनि मानिन्छ ।

खरबुजा तौल घटाउन पनि निकै सहयोगी हुन्छ तर यो केही निश्चित रोगीले खानु हुँदैन । खरबुजा खाँदा कस्ता फाइदा हुन्छन् र यो कुन रोग लागेका व्यक्तिले खानु हुँदैन, यसबारे जानकारी लिऔं ।

पत्थरी भएकाले

जसको मृगौलामा पत्थरी छ, उनीहरुले खरबुजा धेरैभन्दा धेरै खानुपर्छ । खरबुजामा अत्यधिक पानी हुन्छ र यसले मृगौलालाई डिटक्स गर्न मद्दत गर्छ, त्यसकारण यो खाँदा फाइदा नै हुन्छ ।

तौल घटाउन फाइदाजनक

तौल नबढ्ने खानाको खोजीमा हुनुहुन्छ भने खरबुजा तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । खरबुजामा निकै थोरै क्यालोरी हुन्छ र यो खाएपछि चाँडै भोक लाग्दैन । सय ग्राम खरबुजामा मात्र ३० ग्राम क्यालोरी हुन्छ । यसमा करिब १ मिलिग्राम सोडियम, कार्बोहाइड्रेट ८ ग्राम, फाइबर ०।४ ग्राम, सुगर ६ ग्राम, भिटामिन ए ११ प्रतिशत, भिटामिन सी १३ प्रतिशत पाइन्छ ।

प्रतिरोधी क्षमता बलियो बनाउँछ र आँखाका लागि पनि फाइदाजनक

भिटामिन सी र ए प्रचुर मात्रामा भएको खरबुजाले प्रतिरोधी क्षमता बलियो बनाउँछ । यो आँखाका लागि पनि निकै फाइदाजनक मानिन्छ ।

दिमाग शान्त बनाउँछ

खरबुजा चिसो फल हो । यो खाँदा पेट मात्र नभइ दिमाग पनि शान्त रहन्छ । यसको बियाँलाई पिसेर निधारमा लगाउँदा टाउको दुखेको पनि कम हुन्छ ।

उच्च रक्तचाप भएकालाई

रच्च रक्तचापको समस्या भएकाले खरबुजा खानुपर्छ । खरबुजामा निकै कम सोडियम हुन्छ र यो चिसो पनि हुन्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here