एक अर्ब भन्दा धेरै पटक डाउनलोड भयो पब्जी

काठमाडौं, १३ चैत । अनलाइन गेम पब्जी मोबाइल १ अर्ब पटक डाउनलोड भएको छ । यो संगै पब्जी सबैभन्दा धेरै डाउनलोड हुने तेस्रो एप समेत बनेको छ । यसअघि क्यान्डि क्रस सागा र सवओए सरफर्स १ अर्बभन्दा धेरैपटक डाउनलोड भईसकेको छ ।

पछिल्लो समय अनलाइन गेम पब्जी युवा युवती माझ अत्यन्त चर्चित एवम लोकप्रिय बन्दै गएको छ । पब्जी पहिलो पटक सन् २०१७ को मार्चमा रिलिज भएको थियो ।

चीनले विकास गरेको यो प्रविधिमाथी कतिपय देशले प्रतिबन्ध समेत लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here