काठमाडौं, १३ चैत । नेपालमा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ४ हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा १५६ जनामा संक्रमण पुष्टि भएको हो।
प्रदेश १ मा ५ जना, वाग्मतीमा १०६ जना, गण्डकीमा २९ जना, लुम्बिनीमा ११ जना, कर्णालीमा दुईजना र सुदूरपश्चिममा ३ जनामा संक्रमण देखिएको हो। आज थपिएको मध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा रहेको छ ।
यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ६६५ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ७० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ३४२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार १ सय ९९ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ४ जना रहेको छ । त्यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०२४ पुगेको छ ।