तुवाँलोले ढाक्यो काठमाडौं,अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

फाइलफोटो

काठमाडौं, १३ चैत । काठमाडौं उपत्यकामा दिउँसो देखि अत्याधिक धुलो र धुँवा मिश्रित हावाका कारण बाक्लो तुवाँलो लागेको छ ।

शुक्रबार काठमाडौंको आकाशमा तुवालोसँगै धुवाँ भरिँदा प्रदुषण बढेको मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसमविद्का अनुसार धेरै जिल्लाहरुमा एकैचोटी लागेको डढेलो र पश्चिमी वायुसँगै बहेर आएको धुँवाले गर्दा उपत्यकाको मौसम यस्तो भएको हो ।

प्रदुषित वायुका कारण उपत्यकामा मानिसहरुलाई आखाँ पोल्ने, घाँटी खसखसाउने, छाला चिलाउने, श्वासप्रश्वासमा असहज हुने लगायतका समस्याहरु देखिन थालेको छ ।

वातावरणविद्हरुले काठमाडौँ उपत्यकामा स्वास्थ्यका लागि हानिकारक धुवाँको मात्रा फौलिएको भन्दै अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरेका छन् ।

वायु प्रदूषणका कारण काठमाडौंको हावा घातक भएकाले अत्यावश्यक बाहेकका काममा घरबाहिर ननिस्कन र मास्कको अनिवार्य प्रयोग गर्न विभागले सचेत गराएको छ ।

वातावरण विभागको भैंसेपाटीस्थित स्टेशनका अनुसार ललितपुर जिल्लाको वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स ३ सय २५ पुगेको छ । ३ सयभन्दा माथि एयर क्वालिटी इन्डेक्स हुनु घातक मानिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here