ज्योतिको आइपीओको नतिजा हेर्न सहज, यी भाग्यमानी जसले पाए १ हजारबढी कित्ता !

काठमाडौं, १३ चैत । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण शेयर (आइपीओ) को नतिजा हेर्न सहज भएको छ ।

शुक्रबार दिउँसो पौने १ बजेतिर बाँडफाँट भएको ज्योति लाइफ इन्स्योरेन्सको आइपीओको नतिजा साँझ ६ः५० बजे मात्रै हेर्न मिल्ने भएको हो ।

भाग्यमानी ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको छ ।

विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल १८ लाख ४२ हजार ४८० जनाले आवेदन दिएका थिए भने ४१ हजार ७०३ जनाको आवेदन रद्द भएको थियो ।

आवेदन रद्दभएकासहित ६७.७६ प्रतिशतले कम्पनीको शेयर पाएनन् भने जम्मा ३२.२४ प्रतिशतले मात्र शेयर हात पारे । अर्थात् ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका हुन्।

कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरु र ५९ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।

यस आधारमा इन्स्योरेन्सका प्रत्येक कर्मचारीले १ हजार ६ कित्ता आइपीओ पाएका छन् ।

हाल कम्पनीमा ३ सय २८ जना कर्मचारी रहेका छन् । ३ लाख ३० हजार कित्ता सेयर ३ सय २८ जना कर्मचारीलाई भाग लगाउँदा १ हजार ६ कित्ता शेयर भागमा परेको छ ।

यसरी हेर्नुहोस् नतिजा

आइपीओको नतिजा हेर्न लगानीकर्तालाई धेरै सास्ती पर्ने गरेको छ । यही समस्यालाई समाधान गर्दै सीडीएससीले आइपीओको नतिजा हेर्नका लागि नयाँ तरिका अपनाएको छ ।

लगानीकर्ताले https://iporesult.cdsc.com.np मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

नतिजा सम्बन्धित कम्पनी ज्योति लाइफको वेबसाइट, बिक्री प्रबन्धक एनएमबी क्यापिटल र मेरो शेयरको वेबसाइट वा मोबाइल एपबाट पनि हेर्न पाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here