यी हुन् धेरै कमाई भएका ५ फुटबल खेलाडी र प्रशिक्षक, कसको तलब कति ?

काठमाडौं । विश्वको चर्चित खेलमध्ये सबैभन्दा लोकप्रिय खेल हो फुटबल । विश्वभरका ३.५ अर्बभन्दा धेरै मानिसहरुले फुटबल हेर्ने गरेको एक अध्ययनले देखाएको थियो । यीमध्ये धेरैका लागि फुटबल खेल मात्र नभएर परम्परासमेत बनिसकेको छ ।

प्रमुख व्यवसायिक खेलाडीले अन्य खेलाडीभन्दा धेरै नै पैसा कमाउँछन् । विश्वमा सबैभन्दा धनी फुटवल खेलाडी युरोपमा छन् । स्पेन, इटली, जर्मनी, र फ्रान्सलाई खेलाडीहरुको सबैभन्दा ठूलो केन्द्र मानिन्छ ।

यूरोपका नामुद फुटबल क्लबहरुमा खेल्ने विभिन्न खेलाडीहरुको विलासी जीवनशैलीबाट पनि यो खेलमा लागेर नाम मात्रै होइन दाम पनि धेरै कमाउन सकिने आँकलन गर्न सकिन्छ ।

चर्चित फुटबल क्लबहरुबाट फुटबल खेल्ने चर्चित खेलाडीहरुको वार्षिक कमाई कति होला भन्ने जिज्ञासा धेरैमा हुने गर्छ ।

चर्चित फ्रान्सेली पत्रिका ‘इल एकुइप’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार वर्तमा समयमा सबैभन्दा धेरै कामाई गर्ने ५ खेलाडी र प्रशिक्षक निम्न छन् ।

सर्वाधिक कमाई गर्ने ५ खेलाडी

१. लियोनेल मेस्सी

अर्जेन्टिनामा जन्मिएका मेस्सीको पुरा नाम लियोनल एन्ड्रेज मेस्सी हो । स्पेनी क्लब बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका ३३ वर्षिय मेस्सी विश्वकै सबैभन्दा धेरै पैसा कमाउने फुटबल खेलाडी हुन् ।

६ पटकका बालोन डि ओर विजेता मेस्सीको वार्षिक कमाई (तलब र भत्ता सहित) १२६ मिलियन यूरो रहेको छ ।

२. क्रिस्टियानो रोनाल्डो

पोर्चुगलमा जन्मिएका ३६ वर्षिय क्रिस्टयानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै पैसा कमाउने दोस्रो फुटबल खेलाडी हुन् । रोनाल्डो इटालीयन क्लब जुभेन्टसबाट व्यावसायीक फुटबल खेल्दै आएका छन् ।

समकालिन फुटबलमा मेस्सी र उनलाई ठूलो प्रतिस्पर्धी मानिन्छ । यी दुईका समर्थकहरुमाको उत्कृष्ट भन्ने झगडा नै पर्ने गर्छ ।

५ पटकका बालोन डि ओर विजेता रोनाल्डोको वार्षिक कमाई ५४.३६ मिलियन यूरो रहेको चर्चित फ्रान्सेली पत्रिका ‘इल एकुइप’ मा उल्लेख छ ।

३. नेमार जुनियर

ब्राजिलमा जन्मिएका २९ वर्षिय नेमार जुनियर विश्वकै सबैभन्दा धेरै पैसा कमाइ गर्ने फुटबलरको सूचीमा तेस्रो स्थानमा रहेका छन् ।

उनी अहिलेसम्मकै सर्वाधिक धेरै रकममा एक क्लबबाट अर्को क्लबमा स्थानान्तरण भएका फुटबल खेलाडी समेत हुन् । सन् २०१७ मा फ्रेन्च क्लब पिएसजीले बार्सिलोनाबाट उनलाई २२२ मिलियन पाउण्ड खर्च गरेर भित्र्याएको थियो ।

चर्चित फ्रान्सेली पत्रिका ‘इल एकुइप’ का अनुसार नेमारको वार्षिक कमाई ३६.७ मिलियन यूरो रहेको छ ।

४. लुइस स्वारेज

उरुग्वेमा जन्मिएका ३४ वर्षिय लुइस स्वारेज स्पेनीस क्लब एथ्लेटिको मेड्रिडबाट व्यवसायीक फुटबल खेल्दै आएका छन् । स्वारेज सर्वाधिक धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चौंथो स्थानमा रहेका छन् ।

उनको वार्षिक कमाई ३४.८ मिलियन यूरो रहेको चर्चित फ्रान्सेली पत्रिका ‘इल एकुइप’ मा उल्लेख छ ।

५. एन्टोनी ग्रीजम्यान

स्पेनीस क्लब बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्दै आएका फ्रान्सेली खेलाडी एन्टोनी ग्रीजम्यान अहिले ३० वर्षका भए । उनी सर्वाधिक कमाई गर्ने खेलाडीको पाचौं स्थानमा छन् ।

एन्टोनी ग्रीजम्यानको वार्षिक कमाई ३४.८ मिलियन रहेको चर्चित फ्रान्सेली पत्रिका ‘इल एकुइप’ मा उल्लेख छ ।

सर्वाधिक कमाई गर्ने ५ प्रशिक्षक

सर्वाधिक कमाई गर्ने प्रशिक्षकमा पनि यूरोपकै प्रशिक्षक नै छन् । जसमा सबैभन्दा धेरै कमाई गर्नेको सूचीमा एथ्लेटिको मेड्रिडका प्रशिक्षक डियगो सिमोनी छन् ।

१. डिएगो सिमोनी – ४३.२ मिलियन यूरो

२. पेप ग्वार्डिओला – २२.६ मिलियन यूरो

३. जोजे मोउरिन्हो – १७ मिलियन यूरो

४. योर्गेन क्लोप – १७ मिलियन यूरो

५. जिनेदिन जिदान – १६.८ मिलियन यूरो

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here