सरकारी लक्ष्यको ५९.६९ प्रतिशत राजस्व संकलन

काठमाडौं, १४ चैत । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा सरकारले राजस्व संकलनमा अपेक्षित लक्ष्य भेटाइरहेको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार ८ महिनाको अवधिमा ६ खर्ब ३ अर्ब ९२ करोड रुपैयाँ राजस्व असुली भएको छ ।

जुन फागुनसम्मको लक्ष्यको तुलनामा ९७.८० प्रतिशत हो । जुन सरकारी लक्ष्यको ५९.६९ प्रतिशत हो । २०७७ साल चैत्र ११ गतेसम्म ६ खर्ब ४१ अर्ब राजस्व असुली भएको छ ।

आर्थिक वर्ष २०७७/ ७८ मा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व असुल्ने लक्ष्य राखिएको थियो । फागुन महिनासम्ममा चालूतर्फ ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च भएको छ ।

जुन वार्षिक बजेटको तुलनामा ४८.१८ प्रतिशत हो । यस्तै पुँजीगततर्फ ७९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । जुन वार्षिक बजेटको तुलनामा २२.४४ प्रतिशत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here