उपत्यकाको तुवाँलो केही दिन कायमै रहने, घरबाहिर ननिस्कन आग्रह

फाइलफोटो

काठमाडौं, १४ चैत । काठमाडौं उपत्यकामा शुक्रबार दिउँसोदेखि लागेको अत्याधिक धुलो र धुँवा मिश्रित हावाका कारण बाक्लो तुवाँलो आजपनि कायमै रहेको छ ।

बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

विभागका अनुसार नेपालका धेरैजसो स्थानको वायुमण्डल स्थिर अवस्थामा रहेको र यस्तो अवस्थामा प्रदूषणका कण छरिन नपाई वायुमण्डलमा नै तैरिरहने भएकाले प्रदूषण बढ्न गई पारदर्शितासमेत घटेको जनाएको छ ।

स्थिर रहेको वायुमण्डल आगामी केही दिनसम्म सुधार हुने सम्भावना कम रहेको विभागले जानकारी दिएको छ ।

यसबाट हुने प्रदूषणको कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनुपरेमा मास्क लगाउन हुन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच स्वास्थ्य मन्त्रालयले विज्ञप्ती जारी गरेर वायु प्रदुषण जारी रहेकाले अत्यावश्यकबाहेक घर बाहिर नजान आग्रह गरेको छ । काठमाडौंको वायूमण्डलमा अत्याधिक धुलोका कण रहेकाले आँखा पोल्ने र छालामा इन्फेक्सनको समस्या आउनसक्ने भन्दै मन्त्रालयले सचेत रहन आग्रह गरेको हो ।

यस्तै घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न पनि मन्त्रालयले अपील गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here