काठमाडौं, १४ चैत । नेपालमा थप ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८५ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै हालसम्म संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७६ हजार ७५० पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ९३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ४३५ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १ हजार २ सय ८८ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ३ जना रहेको छ । त्यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०२७ पुगेको छ ।