काठमाडौं, १४ चैत । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग गोलरहित बारबारी खेलेको छ ।
त्रिदेशीय फुटबलअन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो ।
पहिलो खेलमा कीर्गिस्तानसँग बराबरी खेलेको नेपालले दोस्रो खेलमा पनि बराबरी खेलेको हो । बराबरीसँगै नेपाल फाइनलमा पुगेको छ। यसअघि पहिलो खेलमा किर्गिस्तानलाई हराएको बंगलादेश फाइनलमा पुगेको थियो।
अब उपाधिका लागि सोमबार नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। यसअघि बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले पराजित गरेको थियो।
नेपाललाई भने किर्गिस्तानले गोलरहित बराबरीमा रोकेको थियो।