८ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, सोमबार बोलकबोल

काठमाडौं, १५ चैत । नेपाल राष्ट्र बैंकले सोमबार ८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।

बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो । केन्द्रीय बैंकले चैत १६ गते २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार चैत १७ गते जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । यो ट्रेजरी २०७८ बैशाख १४ गते परिपक्व हुनेछ । बैंकले ९१ दिनको लागि १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ ।

यो ट्रेजरी २०७८ असार १५ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७८ असोज १२ गते परिपक्व हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here