विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १६ चैत । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले आइताबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८४ रुपैयाँ ९१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५९ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६० रुपैयाँ ३९ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ९५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here