चन्दागिरीको शेयरमा सोझा लगानीकर्ता भिडाउने खेल !

काठमाडौं, १६ चैत । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा गिरावट आएको छ । गत माघ २५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको ३४ कारोबार दिनपछि पहिलोपटक शेयर मूल्य घटेको हो ।

शेयर कर्नरिङ गरी यो कम्पनीको मूल्य उचालेका गिरोहहरुले अब सोझा लगानीकर्ताहरुलाई भिडाउने खेल सुरु गरेका छन्।

जसका कारण आज यो कम्पनीको शेयरको किन्नेभन्दा बेच्ने बढी देखिएका छन्। यसअघि दैनिक लाखौं कित्ता शेयर माग हुँदै दैनिक पोजेटिभ सर्किट लाग्दै आएको थियो ।

आज भने बजारमा शेयर फलाफाल नै रहेको छ । १६१ रुपैयाँमा पहिलो कारोबार खुलेको कम्पनीको सेयर मूल्य ३४ कारोबार दिनमा ११ गुणाले बढेर आज प्रतिकित्ता २२८६ रुपैयाँसम्म पुगेको थियो ।

यो समाचार तयार पार्दा (दिउँसो १:३० बजे) सम्म चन्द्रागिरीको शेयर भाउ ५ प्रतिशत बढीले ओरालो लागिसकेको छ। अहिलेसम्म यो कम्पनीको शेयरमूल्य १०७ रुपैयाँले घटेर प्रतिकित्ता १९७२ रुपैयाँमा झरेर कारोबार भइरहेको छ । १८३७ कित्ता किनबेच भएको छ ।

नेप्सेमा सर्वसाधरण तर्फको चन्द्रागिरीको १५ लाख ३४ हजार ९१० कित्ता शेयर सूचीकृत छ । थोरै सेयर भएकाले बजारमा चलखेल (कर्नरिङ) गर्ने समूहले जति मूल्यमा भए पनि पाए जति शेयर खरिद गर्ने गरेकाले लगातार दैनिक सर्किट लेभलमा मूल्य बढ्दै आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here