देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

काठमाडौं, १६ चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो ।

निर्णय अनुसार मंगलबारदेखि शुक्रबारसम्म सबै शिक्षण संस्था बन्द गर्ने हुनेछ । केही दिनदेखि तुवाँलोको कारण काठमाडौँ लगायतका स्थानमा वायु प्रदुषण बढ्दै जाँदा यहाँको जनजीवन प्रभावित बनेको छ ।

जनस्वास्थ्यका लागि हानिकारक हुने भएकाले केही दिन स्कुल-कलेज बन्द गरेर विद्यार्थीहरुको स्वास्थलाई सुरक्षित राख्न यस्तो निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here