सामान्य अंकले घट्यो नेप्से, धेरै गुमाउनेमा चन्द्रागिरी हिल्सका शेयरधनी

काठमाडौं, १६ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको दोस्रोदिन नेप्से ५.५४ अंकले घटेर २५४३.५२ विन्दुमा आइपुगेको छ ।

यसदिन २०९ कम्पनीको ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँको कारोबार भएको छ । ९१ लाख ३८ हजार ९ सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी १० समूहको परिसूचक ओरालो लागेका छन् ।

लघुवित्त समूह सबैभन्दा धेरै ४४.५ अंकले बढेको छ भने व्यापार समूह २१२.८३ अंकले घटेको छ । कारोबारमा आएका २०९ कम्पनीमध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्यमा गिरावट आएको छ ।

१८ कम्पनीको मूल्य स्थिर रहेको छ । आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ४४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी ३८ करोड र चन्द्रागिरी हिल्स ३७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

बजार घटेपनि चार कम्पनीको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसअघि लगातार पोजेटिभ सर्किट लाग्दै आएको चन्द्रागिरी हिल्सका शेयरधनीले आज सबैभन्दा धेरै ७.१७ प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here