थप १४१ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

काठमाडौं, १६ चैत । नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा ३ हजार एक सय २२ जना गरिएको परीक्षणमा थप १४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ९ जना ८० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७२ हजार ६१२ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या १३ सय ४१ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here