थ्री नेसन्स कप फाइनल: पहिलो हाफमा नेपाललाई २–० को अग्रता

काठमाडौं, १६ चैत । त्रिदेशीय फुटबल प्रतियोगिता फाइनलमा नेपालले बंगलादेशविरूद्ध अग्रता दोब्बर पारेको छ।

नेपालका लागि बिशाल राईले खेलको ४१ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। यसअघि १८ औं मिनेटमा नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका थिए ।

पहिलो हाफमा स्कोर बोर्डमा २–० सहित नेपालले अग्रता लिएको छ ।