थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

काठमाडौं, १६ चैत । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ ।

सोमबार साँझ दशरथ रंगशालामा बंगलादेशलाई २–१ ले पराजित गर्दै नेपालले घरेलु मैदानमा उपाधि उचालेको हो।

नेपालका लागि लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे । पहिलाे हाफमा नेपालले दुई–शून्यकाे अग्रता बनाए पनि दाेस्राे हाफमा बंगलादेशले एक गाेल गरेकाे हाे । बंगलादेशले खेलकाे ८३ औँ मिनेटमा गाेल फर्काएकाे हाे ।

याे जितसँगै नेपालले ३७ वर्षपछि घरेलु मैदानमा उपाधि जितेकाे हाे । यसअघि नेपालले घरेलु मैदानमा सन् १९८४ मा दक्षिण एसियाली खेलकुद महासङ्घ (साग) मा बङ्गलादेशलाई हराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here